निकोलो मेकियावेली- एक युरोपियन "चाणक्य"
🔘 राजनीतिक शासकिय सिद्धान्तको छोटो चर्चा :- 🔸शासक यनकी देशमा शासन गर्नेहरुले कहिल्यै पनि जन्ताको शत्रु बन्नु हुँदैन र जन्तासङ्ग कहिल्यै पनि शत्रुतापुर्ण व्यवहार गर्नु हुँदैन तर यो पनि होइनकी जन्तासङ्ग मित्रता गर्नको लागि राज्यमा खुशीनै फैलाउनु पर्छ। शासकले जन्ताप्रती ज्यादा दयावान बन्नाले पनि उक्त दया राज्यको विरुद्ध प्रयोग हुन सक्छ। मित्रता केवल एउटा राजनितिक हतियार हो जसको प्रयोगबाट शासकले राज्यमा स्थिरता ल्याइ आफ्नो शासनकाल लम्ब्याउन सक्छ। 🔸आवस्यक परेको समयमा जनतासङ्ग शासकले क्रुर पनि हुनुपर्छ भने धर्मप्रती आस्था होस वा नहोस धार्मिक देखिने कोसिस गरीरहनुपर्छ। 🔸राजनिती "बेइमानी र जालझेल"को संयोजन हो। वास्तवमा आम मान्छेहरु लोभी,स्वार्थी, धुर्त र कृतघ्न हुन्छन। कसैको उपकारलाइ सजिलै विर्षिन्छन। त्यसकारण, जन्ताहरुलाई प्रेमको आधारमा नभइ दमनको भरमा नियन्त्रण गर्नुपर्छ। 🔸 यदि ठूलो लक्ष हासिल गर्नुछ भने त्यसको लागी अनैतिक बाटो अपनाउन पनि पछाडी हट्नु हुँदैन। तर उक्त अनैतिक बाटोबाट भविष्यमा जनताले राम्रो नतिजा देख्न पाउनुपर्छ ताकी शासकका यस्ता अनैतिक माध्यमलाइ जन्ताले सजिलै माफ...